अब सिङगिङ्ग र डान्सिङ्ग सुपरस्टार बन्ने पालो तपाईको



रंगखबर, काठमाडौँ– लुकेको प्रतिभालाई जागरुक गर्ने उदेश्यले संचालन हुन लागेको रियालिटी शो नेपाल्स सिङगिङ्ग एण्ड डान्सिङ्ग सुपरस्टारको औपचारिक घोषणा भएको छ। सनराज ईन्टरटेमेंटले आयोजना गर्न लागेको उक्त रियालिटी शोमा देशभर छरिएर बसेका प्रतिभाहरुलाई एउटै मंचमा प्रष्फुटन गर्नलाई उक्त शोको आयोजना हुनलागेको जानकारी शोका आयोजकद्वय  राजन कार्की र सन्तोष  शर्माले दिएका छन।
देशभरबाट करिब दस हजार जना प्रतियोगीहरु  सहभागी हुनसक्ने अड्कल गरिएको शोको अडिसन देशभरका १० वटा सहरहरुबाट हुनेछ। जो कोहिमा पनि  सिङगिङ्ग र डान्सिङ्ग प्यासन छ तर उचित अवसरको कमीले गर्दा आफ्नो प्रतिभालाई देखाउन नसकिरहेको बेला उक्त शो नव प्रतियोगीहरुलाई भविष्य कोर्ने एक राम्रो माध्यम हुनसक्छ।  राष्ट्रिय टेलिभिजन र स्थानीय टेलिभिजनबाट एकैसाथ प्रसारित हुने उक्त रियालिटी  शोमा प्रतियोगीहरुको प्रतिभालाई गायक आनन्द कार्की, नृत्य निर्देशक गोविन्द राई जस्ता हस्तीहरुले जर्ज गर्नेछन  भने प्रतियोगीहरुलाई बचाउन निर्णायकहरुको ६० प्रतिशत भोट लागु पनि हुनेछ।
यहि साउन देखि अडिसन सुरु हुने शोको पहिलो अडिसन पोखराबाट साउन १९ गते, त्यस्तै लम्जुङ्गमा साउन २१ गते, भक्तपुर साउन २५ गते, काठमाडौँ साउन २६ गते, झापा भाद्र १६ गते, ईटहरी भाद्र १८ गते, हेटौडा भाद्र २० गते, चितवन भाद्र २२ गते, बुटवल भाद्र २३ गते र नेपालगंजमा भाद्र २६ गते अडिसन हुने जानकारी आयोजक टिमले दिएको छ।

प्रतिक्रिया दिनुहोस्