बर्ष ०७५ मा पहिलाे पटक पर्दामा अाउँने यी ५ जाेडीहरू



रंगखबर, काठमाडौँ- नेपाली चलचित्र जगतमा प्रत्येक बर्ष नयाँ अनुहारको आगमन भइरहन्छ। यसरी चलचित्रमा पहिलो पटक देखिएका नव नायक तथा नायिकाहरु कोहि हिट हुन्छन् त कोहि फ्लप।  इन्डष्ट्री प्रवेस गरेका धेरै नव नायक नायिकाहरुको एक्टीङ भन्दा पनि दर्शकहरु माझमा उनीहरुको लुक्स र जोडीको  भने धेरै चर्चा हुने गर्छ।

यसै क्रममा बर्ष २०७५ मा पनि धेरै नव जोडीहरुले प्रवेश गर्दैछन्। साथै यसअघि एकै साथ नदेखीएका पुरानै कलाकारहरुलाई पनि ठुलो पर्दामा जोडीको रुपमा  देख्न सकिने छ। यस बर्ष क-कसको जोडी पर्दामा देखिँदैछन् ,हामीले यस बर्ष चलचित्रमा देखा पर्ने पाँच जोडीको बिषयमा चर्चा गरेका छौँ। को-को हुन् त ती जोडीहरु,आउनुहोस् हेरौँ ।

दिपक राज गिरी र दिपीका प्रसाई  :

यहि असोज ३० गते रिलिज हुने भनिएको सुपरहिट चलचित्र छक्का पन्जाको तेस्रो सिक्वेलमा अभिनेता दिपक राज गिरि र नायिका  दिपिका प्रसाईको जोडीलाई पहिलो पटक पर्दामा देख्न सकिने छ। यस चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरिरहेकी छिन्। यस अघि फिल्मका दुई सिरिजमा  प्रियंकासँग रोमान्स गरिसकेका दिपकको अहिले दिपिकासँगको  जोडीलाई दर्शकले कतिको मनपराउने छन् ?त्यो हेर्न चलचित्र  कुर्नै पर्ने हुन्छ।

आर्यन सिग्देल र साम्राज्ञी आर.एल.शाह :

लक्ष्मण  रिजालको निर्देशन रहेको  चलचित्र कायरामा  नायक आर्यन सिग्देल र नायिका साम्राज्ञीलाई पहिलो पटक स्क्रिन सेयर गरेको देख्न सकिने छ। उक्त चलचित्रलाई नायक आर्यन आँफैले निर्माण गरेका  हुन् भने  चलचित्र यहि श्रावण १२ गते बाट प्रदर्शनमा आउँदै छ। लामो समय देखि चलचित्रमा देखा नपरेका आर्यन तथा अभिनयमा अब्बल मानिएकी साम्राज्ञीको यो अनस्क्रिन क्यामेस्ट्रीलाई दर्शकले कतीको मन पराउँने छन् त्यो त फिल्म रिलिज भएपछि मात्रै थाह हुनेछ।

प्रदिपखड्का र परमिता राना :

लिल्ली बिल्लीमा सफलताको स्वाद चाखिसकेका नायक प्रदिप खड्का यस बर्ष फिल्म  रोजी मा देखा पर्दै छन्। उनि यस बर्ष नायिका  पारमिता रानासँग अपोजिट रोलमा देखा पर्दै छन्। यस चलचित्रको रिलिज डेट सार्वजनिक गरिएको छैन्। तर  नायक प्रदिप र नायिका परमिता यो चलचित्रमा पहिलो पटक देखा पर्दैछन्। चलचित्रलाई निरभ पौडेलले निर्देशन गर्दैछन्। दर्शकहरु माझ बहुप्रतिक्षित मानिएको उक्त चलचित्रमा प्रदिप एकदमै पृथक रुपमा प्रस्तुत हुनेछन्।

अनमोल केसी,उपासना ठकुरी,प्रियंका एमवि :

नायक अनमोल केसी हरेक फिल्ममा नयाँ नायिका सँग रोमान्स गर्ने गर्दछन्। उनले अहिले सम्म खेलेका हरेक फिल्म हिट भएता पनि अभिनयको कारण धेरै आलोचना समेत खेप्ने गरेका छन्। बर्षमा एउटा मात्र फिल्म गर्ने अनमोलको  कृ को चर्चा सेलाउन नपाउँदै उनको नयाँ फिल्म क्याप्टेनको चर्चा सुरु भएको छ। चलचित्रमा उनलाई पहिलो पल्ट दुई जना नव नायिकाहरु उपासना  ठकुरी तथा प्रियंका एमविसँग अनस्क्रिन रोमान्स गरेको देख्न सकिने छ।

आँचल शर्मा र आकाश श्रेष्ठ :

यो बर्ष प्रदिप श्रेष्ठले निर्देशन गरेको चलचित्र ब्ल्याकमा नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठलाई पहिलो पटक जोडीको रुपमा देख्न सकिने छ। नायक आकाश श्रेष्ठले शुश्मिता बोम्जनको प्रडक्सन रहेको फिल्म म तिम्रै हुँ बाट डेब्यु गरेका हुन्। उनको पहिलो चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन तर पनि उनले लुक्सका कारण भने राम्रै चर्चा चर्चा पाएका थिए। उता आँचल शर्माले भने ‘नाइँ नभन्नु ल ४ ‘ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्