सकियो ‘डोली’ फरक गेटअपमा देखिदैछन पृथ्वी, कस्तो बन्ला डोली ?



रंगखबर, काठमाडौँ- सामाजिक कथाबस्तुमा आधारित चलचित्र ‘डोलि’को छायांकन सकीएको छ । किरण नेपालीको लगानी रहने उक्त चलचित्रको छायांकन नुवाकोटका केही सुन्दर बस्तीबाट शुरु भई रारा , जुम्ला तथा काठमाण्डौमा हुने निर्माण पक्षले बताएको थियो । भने नुवकोट र काठमाण्डौको छायांकन सकिईसकेको छ । अब यो फिल्मको एक प्रमोशनल गितको छायांकन मात्र बाकी रहेको निर्माण पक्षले जानकारी गराएको छ । २९ दिनको छायांकन सेड्युल सकेर काठमाण्डौ फर्किएको यो चलचित्रका निर्माता डोलीलाई अझ राम्रो बनाउनका लागी के गर्न सकिन्छ भन्ने होमवर्कमै लागेका छन् । जय राम थापाको सिनेमाटोग्राफ रहने उक्त चलचित्रमा पृथ्वीराज प्रसाई, किशोर खतिवडा,अर्जुन गुरुड। (भंगेरी डन ) , हिमवाला गौतम , नविनराज रेग्मी, शानिया खान,संगिता नापित , शतिस खत्री प्रशान्त भन्डारी प्रिया रिजाल तथा दामोदर खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

बिरंगना, बृन्दाबन,पाठशाला,लाटी लगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक राज बहादुरको आफ्नै लेखन हो ‘डोली’ । चलचित्रमा सि डि बिजय अधिकारी,राजकुमार बगर, पुरूषोतम न्यौपाने र बाबुल गिरीको संगित रहेको छ भने मेलिना राई , अनुष्का पाठक,सि डि बिजय,मनिसा राई र युवराज चापगाईको स्वर रहेको छ । गितहरुको एरेन्ज महाराजा थापा र राजकुमार बगरले गरेका हुन् । गितमा दिनेश सुबेदी ,रघु परियार, बेबी गुरुड. र हरि उप्रेतीको शब्द रहेको छ । राम जि लामिछानेको कोरियोग्राफ रहने डोलीको २९ दिनमा छायांकन सकिएको निर्माता किरण नेपालीले बताएका छन् । राज बहादुरको निर्देशनमा तयार बिराङ्गना पनि असार २९ बाट प्रदर्शनमा आउदैछ । बिराङ्गनाको यतिबेला प्रचारप्रसारलाई तिब्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्