जसले हास्न बाध्य बनाए



रंगखबर, काठमाडौं । नेप–ग्याजम स्टयाण्ड–अप कमेडी शो र सेलिब्रेटी म्यानेजमेन्ट नेपालले संयुक्त रुपमा ‘लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन–२’ आयोजना गरेको छ ।
राजधानीको झम्सिखेलमा आयोजित कार्यक्रममा लेखमणि त्रिताल, सहर्ष केसी, रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारी, सरोज भण्डारी, विवेक पौडेललगायतका कलाकारले प्रस्तुत पस्केका थिए । साथै, कार्यक्रममा अतिथि कलाकारका रुपमा रोशन सुवेदीले आफ्ना प्रस्तुति दिएर उपस्थित दर्शकलाई हाँस्न बाध्य बनाएका थिए ।

कार्यक्रमलाई रिड्ज एजुकेशन, सक्रिय नेपाल, कुलाब्स अरगनाइजेशन, इच्छा फाउनडेशन, बेस्ट डिल्स नेपाल, सुपर उरुशा प्रोडक्शन, बाइक होलिक सरभिस प्रालि, सीएसी नेपाल एजुकेशन कन्सलटेन्सी प्रालिले प्रायोजन गरेको थिए । भेन्यू पाटनर एट डिग्रिज फाइन डाइन एण्ड भेन्यूज रेस्ट्रो रहेको कार्यक्रमको थियो ।

प्रतिक्रिया दिनुहोस्