‘सन्जु’को अफिसियल ट्रेलर सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- बलिउडका सुपरस्टार सन्जय दत्तको जिबन कहानीमा आधारित बायोपिक फिल्म ‘सन्जु’को ट्रेलर आज सार्वजनिक भएको छ। रणबीर  कपुर स्टारर उक्त फिल्ममा संजय दत्तको जीवनका हरेक सुखद तथा दुखद पलहरुको बारेमा देखाइएको छ। जसको एक झलकलाई ट्रेलरमा समावेश गरिएको छ।

थ्री इडीयट तथा दंगाल जस्ता ब्लकबस्टर फिल्मलाई निर्देशन गरिसकेका राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘सन्जु’को टीजर भने यसअघिनै सार्वजनिक भैसकेको छ। जसको तारिफ धेरैले गरिसकेका छन्। संजय दत्तको जीवनको हरेक उतार चढावलाई देखाउने यो फिल्ममा सन्जुको भूमिका रणबीर कपुरले निभाएका छन्।

 

फिल्ममा रणबीरको अलावा  अनुष्का शर्मा, दीया मिर्ज़ा , सोनम कपूर , परेश रावल, मनीषा कोइराला, बमन ईरानी,  तथा  विक्की कौशल समेत रहेका छन् । ट्रेलरमा रणबीर कपूरले सन्जय दत्तको जवानीका दिन देखि जेलमा कैदी भए सम्मको कहानी बाताइएको छ।साथै फिल्ममा दत्तको ड्रग्स लिने देखि लिएर एके ५६ राइफल राख्ने सम्मको कहानीलाई खुलेर देखाइनेछ।  

संजय दत्त को हर लुकको लागी रणबीरले गरेको मेहनतलाई स्पष्ट सँग देखिएको छ l रणबीरले जुन तरिकाले आफ्नो  बोल्ने तरिका देखि लिएर चालढाल संजय दत्त जस्तो देखिन  मेहनत गरेका छन्, त्यसको स्वयं सन्जय दत्तले पनि रणबीरको खुलेर तारिफ गरेका छन्।  

विधु विनोद चोपडाको  प्रोडक्शनमा बनेको यो  फिल्म संजु  29 जूनमा रिलिज हुनेछ l

प्रतिक्रिया दिनुहोस्