मलिना र मनिषको ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ– केहि समय अघि पहिलो गीत सर्वजनिक गरेर चर्चामा रहेको चलचित्र ‘तिमी हुन्छौं जहाँ जहाँ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। बिहिबार निर्माण ति टिमले काठमाडौंमा पत्रकार सम्मेलन गराउदै सो प्रचार सामाग्री छोडेको हो। सार्वजनिक ट्रेलर चलचित्रका मुख्य पात्रहरुलाई केन्द्रित गरेर बनाईएको छ।

बि एन्ड बि फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई विकास वस्यालले लेखन तथा निर्देशन गरेका हुन भने मदन दवाडी, डाल चन्द्र दवाडी, हरी प्रसाद अधिकारीको लागनी रहेको छ। रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रेनसा बन्तवा राईको कोरियोग्राफी रहेको चलचित्रका गीतमा अन्जु पन्त र फिरोज बस्नेतले अवाज दिएका छन।

यहि असार ८ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन लागेको चलचित्रमा ना जोशी,मनिष सुन्दर श्रेष्ठ, स्वरुप पुरुष ढकाल, रबि गिरि बिश्व बस्नेत, रुपा राना, गोपाल ढकाल (छन्दे), तमन्ना केसी, गीत अधिकारी, धिरज सुनार, बिनिता ओली, आदि कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्