‘राजी’ पछि आलियाले बढाईन ह्वात्तै यतिका रेट



रंगखबर, काठमाडौँ- आलिया भट्टको भर्खरै रिलिज भएको फिल्म राजी ले सय करोडको  कमाई गरिसकेको छ। उनि बलिउडको  छोटो करियरमा नै सफल हुने नायिकामा गनीनिन्छिन्। उनका हरेक फिल्मले बक्स अफिसमा राम्रै कमाई गरेरहेका हुन्छन्। साथै उनको आभिनयमा समेत हरेक बर्ष निखार आइरहेको छ। यसकारण उनले आफ्नो पारिश्रमिक बढाउनु स्वभाविक हो।

रिपोर्टका अनुसार लगातार सफलता तथा मार्केट पोजिसनको आधारमा आलिया भट्टले आफ्नो फिस बढाएकी छन्। उनले आफ्नो पारिश्रमिक बढाएर नौ करोड भन्दा धेरै बनाएकी छन्।

राजीको सफलता पछि उनलाई लगातार बिग बजेट फिल्महरुको अफर आइरहेको खबर छ। अहिले उनि कारण जौहर,साजिद नाडियाडवाला, ज़ोया अख्तर जस्ता ठुल-ठुला मेकर्सहरु सँग  कलंक, ब्रह्मास्त्र, गल्ली ब्वाई जस्ता फिल्महरुमा काम गरिरहेकी छन्। साथै संजय लिला भन्सालीले  पनि उनलाई लिएर फिल्म  बनाउन लागेको खबर छ। यसकारण पनि आलियाले आफ्नो पारिश्रमिक बढाएकी हुन्।

आलिया भट्टको करियरमा हेर्दा छ बर्षमा शानदार बाहेक उनका सम्पूर्ण फिल्महरुले  ब्यबसायिक रुपमा सफलता हासिल गरेका छन्। उनको पछिल्लो समय रिलिज भएको राजीले १०८ करोड भन्दा धेरैको व्यापार गर्न सफल भएको छ। तर यत्तिका हिट फिल्महरु बलिउडलाई दिएपनि आलियाले आफ्नै पीताको नामी प्रडक्सन हाउसबाट भने एउटा पनि फिल्म खेलेकी छैनन्।

केहि अघि उनले राम्रो स्क्रिप्ट पाएमा तथा कन्टेन्ट मन परेमा फिल्म निर्माण गर्ने घोषणा समेत गरेकी थिइन्।यसका साथै सानो पर्दामा समेत काम गर्ने इच्छा भएको बताएकी थिईन्।

प्रतिक्रिया दिनुहोस्