चंकी पाण्डेकी छोरी कार दुर्घटनामा



मुम्बइ।  बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले चलाएको कार दुर्घटना भएको छ। उक्त दुर्घटना सुटिङकै क्रममा भएको बताइएको छ । टाइगर श्रफसँग आफ्नो डेब्यू फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’को सुटिङको क्रममा उक्त दुर्घटना भएको हो। 

फिल्मको सुटिङमा कार चलाउनु पर्ने सिन भएका कारण चंकीकी छोरि अनन्याले कार चलाएकी थिइन। गाडी चलाइरहेको बेला गाडी अनियान्त्रित भएर रुखमा ठोक्किएको छ। कार चलाउने क्रममा अनन्याले सेफ्टीगार्ड लगाएको हुनाले उनलाई धेरै गहिरो चोट भने नलागेको बताइएको छ । 

२०१२ मा आएको फिल्म स्टुडेन्ट अफ द इयरको सिक्वेलमा अनन्या, टाइगर श्राफ र तारा सुतारिया मुख्य भूमिकामा छन् । अनन्या र तारा दुवैको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशन  पुनित मल्होत्राले गरिरहेका छन् । भने  फिल्मको आधाभन्दा धेरै सुटिङ सकिएको बताइएको छ । फिल्ममा वरुण धवन र सिद्धार्थ मल्होत्राको क्यामियो रोल रहने  बताइएको छ

प्रतिक्रिया दिनुहोस्