रेखाले सकिन २९ दिन मै ‘मालीका’



रंगखबर, काठमाडौँ- छायांकन अघि देखि नै प्रदर्शन मिति तय गरिएको चलचित्र ‘मालिका’को छायांकन सकिएको छ। छायांकन सुरु भएको करिब २९ दिनमा चलचित्रको प्याक अप भएको जानकारी रेखाले दिएकि छिन हाल मालिकाको सम्पूर्ण टिम छायांकन सकेर काठमाडौँ आई सकेको छ।

रेखा आफैको  निर्माण, निर्देशन तथाअभिनय रहेको मालिका माजाजरकोटकी कमला ओलीमुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रको छायाँकनजाजरकोट सहितकाठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । टिमको सक्रियतार मौसमले साथ दिंदा समय मै चलचित्रको छायाँकन सकिएको रेखाको भनाई छ ।
नर बहादुर कार्की निर्माता रहेको मालिकाको कथा पनि कार्की कै हो । शिवमअधिकारी को कथा रहेको चलचित्रमा रामशरणउप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजीलामिछानेले गरेका छन् । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।
सरस्वतीथापा र तारा थापाको निर्माताको रुपमा रहेको चलचित्र मालिका बालविवाह अन्त्य र महिला शशक्तिकरणको विषयमाआधारित छ ।

प्रतिक्रिया दिनुहोस्