‘तिमी हुन्छौ जहाँ जहाँ’को पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ – यहि असार ८  गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। चलचित्रका निर्माण टिमले प्रमोसन स्वरुप केहि पोस्टरहरु सार्वजनिक गरेका हुन। केहि समय अघि गीत र ट्रेलर सार्वजनिक गरेको चलचित्रको चर्चा अहिले चल्न थालिसकेको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु मनिष सुन्दर श्रेष्ठ, मलिना  र स्वरुप पुरुष ढकाललाई देखाईएको छ।

बि एन्ड बि फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई विकास वस्यालले लेखन तथा निर्देशन गरेका हुन भने मदन दवाडी, डाल चन्द्र दवाडी, हरी प्रसाद अधिकारीको लागनी रहेको छ।

रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रेनसा बन्तवा राईको कोरियोग्राफी रहेको चलचित्रका गीतमा अन्जु पन्त र फिरोज बस्नेतले अवाज दिएका छन।

यहि असार ८ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन लागेको चलचित्रमा ना जोशी,मनिष सुन्दर श्रेष्ठ, स्वरुप पुरुष ढकाल, रबि गिरि बिश्व बस्नेत, रुपा राना, गोपाल ढकाल (छन्दे), तमन्ना केसी, गीत अधिकारी, धिरज सुनार, बिनिता ओली, आदि कलाकारहरुको अभिनय रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्