‘चङ्गा चेट’ भदौमा कन्फर्म



रंगखबर, काठमाडौँ-  अन्तत मल्टिस्टारर चलचित्र ‘चङ्गा चेट’को  प्रदर्शन मिति तय भएको छ। अब भने चलचित्र यहि भदौ १५ मा अल नेपाल प्रदर्शन हुदैछ। निर्देशक दिपेन्द्र के. खनालले पछिल्लो पटक निर्देशन गरेको चलचित्र ‘चङ्गा चेट’को प्रदर्शन मिति उनले  आफ्नो फेसबुक पेज मार्फत  सार्वजनिक गरेका हुन।

मल्टिस्टारर चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाह लगायतका कलाकारको अभिनय छ । डार्क कमेडी जनरामा बनेको चलचित्रको पहिलो गीत  ‘गोजीमा दाम छैन’ पनि चाडै नै सार्वजनिक हुने जानकारी पनि प्राप्त भएको छ।

प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौँ, धरान र जनकपुरमा  गरिएको छ। चलचित्रमा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल/राजनराज सिवाकोटीको संगीत रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्