फ्राईडे रिलिज: ‘चङ्गा’ र ‘मट्टी माला’ कुन हेर्ने ?



रंगखबर,काठमाडौँ- आज शुक्रबारबाट देशभरका सिनेमा घरहरुमा २ वटा चलचित्र ‘चङ्गा’ र ‘मट्टी माला’ प्रदर्शनमा आएका छन्। प्रदर्शन भएका दुवै चलचित्रहरु कमेडी जनराका भए पनि चलचित्र ‘चङ्गा’मा मौलिक कथा बस्तु रहेको जानकारी निर्माण टिमले दिदै आएको छ।

चलचित्र ‘चङ्गा’लाई चर्चित हास्य धारावाहिक ‘डिठ्ठा साब’का डिठ्ठा साबले निर्देशन गरेका हुन भने चलचित्रमा ‘डिठ्ठा साब’ कै अर्की हास्य कलाकार बुनु मैचा (रेश्मा तिमल्सिना)को लगानी रहेको छ। राजनराज सिवाकोटी/कमल खत्रीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन रहेको चलचित्रमा बुद्दी तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।
त्यस्तै कमेडी जनरामा बनेको अर्को चलचित्र ‘मट्टी माला’लाई भने टेक पौरखी राईले लेखन तथा निर्देशन गरेका छन्। पृथ्वी राईको लगानीमा बनेको चलचित्रमा राजेन्द्र चौधरीको द्वन्द र राहुल राईको छायांकन रहेको छ। चलचित्रमा बुद्धि तामांग, पृथ्वी राई रजनी गुरुङ, शिशिर राणा, चिरन राई, शंघ्या श्रेष्ठ, टेक राज लांघाली, अरुण कार्की, अर्जुन घिमिरे, विनोद राई, बिक्रम लामा, दीपक आचार्य आदि कलाकारहरुको अभिनय रहेको छ।

दुवै चलचित्रमा अभिनेता बुद्धिले नै लिड रोल निभाएका छन् अब हेर्न यो बाकी छ की बुद्धि भर्सेस बुद्धिमा कसलाई दर्शकले बढी रुचाउने छन। दुवै चलचित्रलाई सफलताको शुभकामना।

प्रतिक्रिया दिनुहोस्