वीराङ्गनाको ‘वियर सङ्ग’मा शिल्पा र पृथ्वीको डान्स – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- एक्सन लभ स्टोरीमा आधारित चलचित्र वीराङ्गनाको दोश्रो गीत सार्वजनिक भएको छ। यस अघि ‘तिमी नि पुलीस’ बोलको गीत गर्वाजनी गरेर चर्चामा रहेको चलचित्रको  अब भने ‘तिम्रो हाम्रो मायामा वियर’ बोलको गीत निर्माण टिमले दर्शक सामु छोडेको हो। सार्वजनिक गीत शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको नृत्य हेर्न सकिनेछ। गीतमा कृष्ण काफ्ले र रेश्मा पुनले आवाज दिएका छन भने रघु परियारको शब्द र दिपक शर्माले संगीत भरेका छन।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रले सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पु¥याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको कथा बोकेको छ।  चलचित्रमा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ भने बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई सह निर्माता रहेका छन ।

यहि असार २९ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्रमा शिल्पा पोखरेल , अनुप बिक्रम शाही , पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्