‘मट्टी माला’लाई दर्शकको साथ



रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र मट्टीमालालाई दर्शकहरुले रुचाएका छन। एक्सन कमेडी चलचित्रले शुक्रबार र शनिबार देशभरीका हलहरुमा दर्शकहरुको राम्रो साथ पाएको छ।

पौरखी फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र महंगो मुल्यको मट्टमिालाको कथालाई यो चलचित्रले रमाइलो तरिकाले देखाउन खोजेको छ ।टेके पौरखी राइको निर्देशनमा तयार भएको चलचित्रको कथा र संवाद पनि  टेके राइकै छ। चलचित्रले कमेडी र सस्पेन्सलाई देखाउन खोजेको छ ।

पृथ्वी राईको लगानीमा बनेको चलचित्रमा बुद्दि तामाङ, रजनी गुरुङ, प्रियंका कार्की, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

 

प्रतिक्रिया दिनुहोस्