‘सयकडा दश’को सम्पूर्ण छायांकन सकियो



रंगखबर, काठमाडौँ- हाँस्य अभिनेता मनोज गजुरेलको मुख्य भूमिका रहेको चलचित्र ‘सय कडा दश’को छायांकन सकिएको छ। उक्त चलचित्रको रिलिज मिती तय भइनसके पनि मङ्सिरमा रिलिज हुने तयारी भइरहेको छ।

चलचित्रमा मुख्य भूमिकामा मनोज गजुरेलका अलावा अमृत ढुंगाना र करुणा श्रेष्ठको अभिनय  देख्न सकिन्छ ।चलचित्रको छायांकन काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथर लगायतका स्थानहरुमा  गरिएको छ ।

रामशरण पाठक निर्देशक रहेको चलचित्र ‘सयकडा दश’ मा भ्रष्टाचार को विरुद्धमा एउटा व्यक्तिले गरेको संघर्षको बारेमा देखाईएको छ। यसका साथै चलचित्रमा  राजाराम पौडेल, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकारको मुख्य भूमिका छ ।

उत्तम खत्री  र रज्जु प्रधान ले निर्माण  गरेको उक्त चलचित्र   दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको हो। चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका हुन्। साथै बनिश शाहको सम्पादनमा बनेको चलचित्रमा दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्