‘पिरती त जिन्दगीमा’ लिएर आउदै कृष्ण



काठमाडौँ

‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडीयो निर्माण भएको छ । अमेरिकामा छायाँकन गरिएको उक्त गीत आगामी साता सार्बजनिक हुदैछ । कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको म्युजीक भिडीयोमा प्रभु भण्डारीको समेत अभिनय रहेको छ ।

अमर तुम्बापो सुब्बा र टिका लामिछानेले स्वर भरेको गीतमा संगीत समेत सुब्बाकै सुन्न सकिन्छ । गीतको शब्द भने सौरव तिमिल्सिनाले कोरेका हुन् । पाउजु एल्बममा समाबेस यो गीतको म्युजीक भिडीयोमा सम्पादन छायाँकन र निर्देशन कृष्ण राईको रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्