प्रियंका चोपडाले मागिन माफी



अमेरिकाको फेमस टिभी सो ‘क्वान्टिको’मा हिन्दुलाई आतंकवाद सँग जोडिएको सिनका कारण प्रियंका चोपडाले माफी मागेकी छन्। उक्त मुद्दामा उनले ट्वीट गर्दै भनिन कि ” क्वान्टीकोमा देखाईएको एक सिनका कारण धेरैको भावनामा ठेस पुगेको छ।मेरो उद्देश्य  कसैको भावनामा चोट पुर्याउनु होइन्।   यसकारण म दुखी छु र माफी समेत माग्छु,मलाई भारतीय हुनुमा गर्व छ। ”

खासमा उक्त शो को एक दृश्यमा भारतीय राष्ट्रवादीहरुले अमेरिकाको म्यानहटनमा आतंकी हमला गर्ने योजना बनाउछन् र त्यसमा पाकिस्तानीहरुलाई फँसाउछन्। यसको लागि एबिसी नेटवर्कले भने पहिलेनै माफी मागिसकेको छ। उक्त सीनका कारण भारतमा चौतर्फी बिरोध गरिएको थियो। यसका साथै प्रियंका चोपडा समेत विवादमा तानिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्