‘छक्का पन्जा ३’मा स्वस्तिमाको रि-इन्ट्री



रंगखबर, काठमाडौँ-  नायिका स्वस्तिमा खड्का पुन ‘छक्का पन्जा ३’ मा देखिने भएकी छिन्। चलचित्रको छायांकन शुरु हुँदा सम्म पनि मुख्य नायिकाको रुपमा दीपीका प्रसाईको मात्रै चर्चा चुलिएको थियो। ‘छक्का पन्जा २’ मा भने मुख्य भूमिकामा अभिनय गरेकी स्वस्तिमा छक्का पन्जा ३ मा भने नदेखिने पक्का पक्कि जस्तै भएको थियो।

तर श्रोतका अनुसार अहिले यी नायिका उक्त चलचित्रको छायांकनमा व्यस्त भएको खबर प्राप्त भएको छ। यसको मतलब अब  नायिका स्वस्तिमा खड्कालाई पनि ‘छक्का पन्जा ३’ मा देख्न सकिने छ।

उता ‘कुटुमा कुटु’ गीतले गर्दा समेत सर्बत्र चर्चामा रहेकी स्वस्तिमा चलचित्रमा इन्ट्री भएको खबरले दर्शक तथा उनका फ्यानहरु माझ अझ उत्सुकता बढाउने देखिन्छ।   स्वस्तिमा चलचित्रमा इन्ट्री भएसँगै यसले दर्शकमा अझै कौतुहलता बढ्ने देखिएको छ । अघिल्लो बर्ष रिलिज गरिएको  स्वस्तिमा द्वारा अभिनित चलचित्र ‘दूई रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीत हाल सम्म युटुबमा ६ करोड भन्दा धेरै पटक सम्म हेरिसकिएको छ। 

दिपाश्री निरौलाले निर्देशन गरिरहेको चलचित्र ‘छक्का पन्जा ३’ को छायांकन अन्तिम चरण पुगेको जानकारी प्राप्त भएको छ। चलचित्रमा स्वस्तिमालाई एउटा गीतमा देख्न सकिनेछ। त्यसअघि पनि उनको केहि दृष्य रहेको निर्देशक निरौलाले बताइन्।छक्का पन्जा ३ मा यसअघि अभिनेता सन्जोग कोइराला पनि अनुबन्धित भएको खबर प्राप्त भएको थियो।

चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ,वर्षा राउत दिपिका प्रसाई,प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ भने,यो चलचित्र यो चलचित्र दशैको फूलपातिबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्