जय भोले को पहिलो गीतमा स्वस्तिमा देखि खगेन्द्र सम्मको नृत्य – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ। बर्ष कै बहु प्रतिक्षित मानिएको चलचित्र ‘जय भोले’को पहिलो गीत सार्वजनिक भएको छ। यस अघि अफिसियल टिजर सार्वजनिक गरेरे चर्चाको शिखरमा पुगेको चलचित्रको अब भने सो गीत प्रचार स्वरुप सार्वजनिक गरिएको हो। बिहिबार राजधानीमामा भव्य पत्रकार सम्मेलन गराउदै ‘ उम्लियो भने पोखिन्छ’ बोलको गीत निर्माण टिमले छोडेको हो। राजन राज सिवाकोटी र मेलिना राईको सुमधुर आवाजमा सजिएको उक्त गीतमा चलचित्रका मुख्य पात्र स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांग, सौगात मल्ल, खगेन्द्र लामिछाने आदि कलाकारहरुको जोडदार नृत्य हेर्न सकिन्छ। गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी र कविराज गहतराज कै संगीत रहेको छ।

 

आउँदो दशैँलाई टार्गेट गरेर प्रदर्शन हुन लागेको चलचित्रमा अशोक शर्माको निर्नेशन रहेको छ, भने उनकै पत्नी किरण शर्मा , छोरा अंकित र छोरी कृति शर्माको लगानी रहेको छ।  खगेन्द्र लामिछानेको कथा रहेको चलचित्रमा वान नेपाल स्टन्टको द्वन्द रहेको छ।

सम्पूर्ण छायांकन झापा र इलाममा गरिएको चलचित्रमा स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांग, सौगात मल्ल, खगेन्द्र लामिछानेका अलवा राजा राम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरि, जय नन्द लामा, सुरबीर पण्डित, सारदा गिरि, रामचन्द्र अधिकारी,किशोर भण्डारी सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्