प्रशान्त, अर्पण र दियाको पहिलो शटसँगै घोषणा भयो ‘कस्मिक लभ’



रंगखबर, काठमाडौँ- अन्तत: चलचित्र कस्मिक लभको औपचारिक घोषणा भएको छ। शुक्रबार राजधानिको होटल अन्नपूर्णमा भव्य कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको घोषणा सहित शुभ मुर्हत पनि सम्पन्न गरेको छ। अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के शुभ- मुर्हत शटसँगै चलचित्रको घोषणा सम्पन्न भएको हो। यी ३ कलाकार पहिलो पटक एकै साथ पर्दामा सोहि चलचित्रबाट देखा पर्दैछन। औपचारिक घोषणा सहित निर्माण टिमले एकै साथ १० वटा चलचित्रहरु निर्माण गर्ने घोषणा मात्र गरेनन १० वटै चलचित्रमा अभिनेता प्रशान्त ताम्राकारलाई अनुबन्धित सम्म गर्न भ्याए ।  चलचित्रमा यी तिन कलाकारहरुका साथमा रबिन तामांग, राजाराम पौडेल, पूर्ण थापा, देव महर्जन, सगर खनाल लगायतका कलाकारहरु फाईनल भएका छन। त्यसै गरि सोहि चलचित्रबाट रिजन थापाले पनि डेब्यु गर्ने भएका छन ।

मुभी मेकर्सको ब्यानरमा जे. गौतमको  निर्माण तथा  सुरज प्रधानको प्रस्तुति रहने चलचित्रलाई शंखर अधिकारी र बी.एस. बलामीले निर्देशन गर्दैछन, भने कार्यकारी निर्माताको रुपमा डी. एन. दाहाल रहेकने छन । यहि असारको ११  गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन।चलचित्रमा  शेखर ज्ञावालीको कथा, बाबु साहेबको द्वन्द्व, बाबुल गिरीको संगीत रहने छ।

प्रतिक्रिया दिनुहोस्