एकै चोटी १० वटा प्रोजेक्टमा अनुबन्धित प्रशान्त



रंगखबर, काठमाडौँ- ह्यान्डसम अभिनेता भनेर उपनाम पाईसकेका अभिनेता हुन् प्रशान्त ताम्राकार। उनले पछिल्लो पटक अभिनय गर्न लागेको  चलचित्र ‘कस्मिक लभ’को शुक्रबार भव्य कार्यक्रमका साथ औपचारिक घोषणा भएको छ। उनि सोहि चलचित्रबाट पहिलो पटक अभिनेत्री दिया मास्के र अभिनेता अर्पण थापासँग स्क्रिन सेयर गर्दैछन। चलचित्र मुभी मेकर्सको ब्यानरमा निर्माण हुदैछ । औपचिरिक घोषणा गर्ने क्रममा निर्माण टिमले सोहि ब्यानरबाट १० वटा चलचित्र निर्माण गर्ने जानकारी दिएको थियो साथै  ति चलचित्रहरुमा प्रसान्त ताम्राकारलाई लिड रोलमा अनुबन्धित पनि गरेका छन। पहिलो चलचित्र ऐश्वर्यबाटै सबैको नजरमा पर्न सफल अभिनेता प्रसान्तलाई आफ्नो चलचित्रमा लिन निर्माता निर्देशकहरुको लाईन नै लाग्ने गर्छ भन्दा पनि फरक नपर्ला । प्रशान्त अहिले चलचित्र क्याप्टेन, रणवीर र जय जय शम्भुको छायांकनमा ब्यस्त छन। एकै चोटी १० वटा चलचित्रहरुमा अनुबन्धित हुँदा प्रशान्तले के अरु ब्यानरमा निर्माण हुने चलचित्रहरु सबै रिजेक्ट गर्छन त ? भन्ने प्रश्न पनि उब्जिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्