नेपाल आए ‘चार्ली चाप्लिन’ !



रंगखबर, काठमाडौँ –चार्ली चाप्लिन २’को नामले चर्चा कमाएका राजन कुमार नेपाल आएका छन् । दोस्रो चार्ली चाप्लिनको रुपमा ४ हजार शोज र १२ हजार घण्टा लाइभ प्रस्तुति गरेर गिनिज बूक र लिम्का बूकमा विश्व रेकर्ड राखेका उनि डेब्यु फिल्म ‘नमस्ते विहार’को प्रमोसनमा नेपाल आइपुगेका हुन् ।

‘नमस्ते विहार’को बारेमा बोल्दै उनले नेपाली फिल्म क्षेत्रसँग लिंकअप राख्नु पनि मुख्य योजना रहेको बताए । ‘यो फिल्मले विशेष गरि पत्रकारिता क्षेत्रमा आवद्द व्यक्तिहरु छोएको छ । मेरो भूमिकाको बारेमा भन्नु पर्दा, फिल्ममा मेरो नाम ‘डब्लु’ छ । जो जाँगरिलो, निडर र राम्रो सोचाइको व्यक्ति हुन्छ । कुनै नराम्रो संगतले उ अपराध गर्दै माफियासमेत बन्न पुछ । तर, पनि उसले आफ्नो नैतिकतालाई बिर्सेको हुँदैन । जसको कारण उसलाई मान्छेले सम्मान गर्न छोड्दैनन ।’ उनले भने ‘मेरो भूमिकाले पक्कै पनि मनोरंजन दिनुका साथै समाजमा केहि शिक्षा पनि दिनेछ ।’

फिल्ममा राशी सिन्हाले हिरोइनको रुपमा मुख्य भूमिका निर्वाह गरेकी छन् । उनि फिल्ममा क्राइम रिपोटर्सको भूमिकामा छिन् । राजनले नै निर्माण गरेको फिल्मलाई लक्ष्मण सिन्हाले निर्देशन गरेका हुन् । राजनले दोस्रो फिल्म ‘चार्ली १८० डिग्री’ पनि निर्माण गर्दैछन् ।

पद्माश्री अवार्डका लागि मनोनित भएका उनले आफ्नो कलाकारिता मार्फत थुप्रै अवार्ड र सम्मान पाएका छन् । विशेष गरि डेब्यु फिल्म ‘नमस्ते विहार’का लागि नेपाल आइपुगेका उनले आफ्नो आगामी सिनेमा पनि यतै छायाँकन गर्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्