अनुप र शिल्पाको एक्सनले भरिपूर्ण ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- एक्सन लभ स्टोरीमा आधारित चलचित्र वीराङ्गनाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु शिल्पा, अनुप र पृथ्वीलाई एक्सन अवतारमा देखाईएको छ । यस अघि दुई वटा गीत सार्वजनिक गरेर चर्चामामा रहेको चलचित्र पूर्णतया एक्सन जनराको भनेर निर्माण टिमले जानकारी दिदै आएको छ ।

ट्रेलर हेर्नुस :

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रले सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पुर्याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको कथा बोकेको छ।  चलचित्रमा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ भने बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई सह निर्माता रहेका छन ।

यहि असार २९ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्रमा शिल्पा पोखरेल , अनुप बिक्रम शाही , पृथ्वीराज प्रसाईका अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्