डेब्युको झुटो समाचार प्रति तेरियाको आक्रोश



रंगखबर, काठमाडौँ-  भारतीय बहुचर्चित डान्स रियालिटी शो ‘डीआइडी सिजन ३’तथा ‘झलक दिखलाजा’ जितेकी बुटवलकी तेरिया फौंजा मगरले नेपाली चलचित्रमा डेब्यु गर्ने समाचार धेरै संचार माध्यामले प्राथामिकताका साथ राखे।तर उनले भने आफ्नो आधिकारिक फेसबुक अकाउन्ट बाट उक्त समाचारको खण्डन गरेकी छिन्।केहि समय अघि  ‘पटुकी’ निर्देशकम्याकटेन कालुले निर्देशन गर्ने ‘माया मोल’ नामको चलचित्रमा तेरिया आबद्ध रहेको खबरले चर्चा पाएको थियो।

उनले आफ्नो  सामाजिक संजालको आधिकारिक आकाउन्टबाट कुनै चलचित्रमा आफु आबद्ध नभएको जानकारी दिएकी छिन्। यसका साथै झुटो खबर नछाप्न समेत सबैलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्