सलोनको ‘बाबु कान्छा’को अफिसियल ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- सलोन बस्नेत अभिनित चलचित्र बाबु कान्छाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत र करिश्मा श्रेष्ठ केन्द्रमा रहेका छन। करिब ३ मिनेट ३५ सेकेन्ड लामो ट्रेलरमा प्रेम, बिछोड र द्वन्द समावेश गरिएको छ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशनमा बनेको चलचित्रमा रबि अधिकारी कार्यकारी निर्माता रहेका छन्। सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको चलचित्रमा सलोन र करिश्माका अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला,  ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यहि चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

प्रतिक्रिया दिनुहोस्