टेम्पो ड्राईभर बन्दै स्वस्तिमा , बन्ने भयो ‘बुलबुल’



रंगखबर, काठमाडौँ- चलचित्र बुलबुलको औपचारिक घोषणा भएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गरेका हुन। अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने चलचित्रमा उनि पहिले गरेका भूमिका भन्दा केहि फरक ढंगबाट प्रस्तुत हुन लागेकी छिन। सो चलचित्रमा उनि एक महिला टेम्पो ड्राईभरको भूमिकामा प्रस्तुत हुदैछिन, जुन स्वस्तिमाको फिल्मी करियर कै पहिलो अनुभव हुनेछ।

वर्क शपको काम धमाधम भै रहेको उक्त चलचित्रमा विनोद पौडेलको लेखन तथा निर्देशन रहनेछ। शुशन प्रजापतिको छायांकन रहने यस चलचित्रलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

स्वस्तिमासँगै चलचित्रमा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्