आर्यन र साम्राज्ञीको कायराको ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- बर्ष कै बहु प्रतिक्षित मानिएको चलचित्र ‘कायरा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आर्यन सिग्देल र साम्रागी राज्य लक्ष्मी शाहले पहिलो पटक  एक साथ स्क्रिन सेयर गरेकाले पनि चलचित्र अहिले दर्शक माझ प्रतिक्षित बनिरहेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले दर्शक माझ सो प्रचार सामाग्री छोडेको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र आर्यन  र साम्रागी केन्द्रित छन । म्युजिकल लभ स्टोरीमा आधारित चलचित्रको ट्रेलरमा आर्यन र साम्रागीको जोडीलाई लोभ लाग्दो ढंगबाट देखाईएको छ ।

https://www.youtube.com/watch?v=uv8mLA2wLxs&t=1s

 

आर्यन सिग्देल ईन्टरटेमेन्ट र रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरॆका छन भने आर्यन सिग्देल र लक्ष्मण रिजालको लगानी रहेको छ । कोशिश क्षेत्रि, अर्जुन पोखरेल र कल्या सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी रहेको चलचित्रमा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, त्रोयेश न्यौपाने, मरिषा श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ । चलचित्र यहि साउन १८ गतेबाट देशभर प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्