कस्ती छिन नविनकी गाउँकी परी ?



रंगखबर, काठमाडौँ– पहिलो गीतबाट चर्चामा रहेका गायक नविन खतिवडाले ‘गाँउकी एउटी परी’ बोलको दोश्रो गीत सार्वजनिक गरेका छन । इलाममा जन्मिएका नविनले बिर्तामोडलाई आफ्नो कर्म थलो बनाउदै आएका थिए। उनि हाल उच्च शिक्षा हासिल गर्न जापानमा छन । संगीत क्षेत्रमा निकै लगाव रहेका उनै नविनको उक्त गीतको भिडियोमा झापा कै मोडल सौरभ अधिकारी र भद्रगोल धारावाहिककी रक्षाले अभिनय गरेका छन । जीवन शाहीले निर्देशन गरेको उक्त भिडियोमा सौरभ र रक्षाको केमेस्ट्रीलाई निकै राम्रोसँग देखाईएको छ । चाडैनै बरिष्ठ संगीतकारहरुसँग मिलेर आफ्नो तेश्रो गीत निकाल्ने तयारी गरिरहेका गायकले गायन क्षेत्रमा नै जम्ने सोच बनाएका छन ।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्