विवादास्पत चलचित्र ‘रोजी’को टिजर भयो लिक



रंगखबर, काठमाडौँ- केहि समय अघि बिबादास्पद बनेका कारण छायांकनमानै रोक लगाईएको चलचित्र ‘रोजी’को टिजर सार्वजनिक भएको छ। अहिलेका युवा सुपरस्टार प्रदिप खड्का  तथा युवाहरु माझ निकै लोकप्रिय रहेकी नायिका पारमिता आरएल शाहको मुख्य अभिनय रहेको चलचित्र ‘रोजी’को टीजरलाई श्रीधर भारद्वाजले आफ्नो अकाउन्टबाट अपलोड गरेका हुन् ।

सो भिडियो युटुवमा भने उपलब्ध छैन् । उनले सो टिजर अन्य व्यक्तिहरुलाई ट्याग समेत गरेका छन्। सो भिडियो  जम्मा ५९ सेकेन्ड लामो रहेको छ जसलाई  हजार  भन्दा धेरैले हेरिसकेका छन्। रोजीमा नायक प्रदिपलाई अलग अवतारमा देख्न सकिन्छ। टीजर हेर्दा उनले यसमा एक हत्याराको भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ।

सो भिडियोमा प्रदिपले चलचित्रकी नायिका परमिता माथी गोलि चलाएको दृश्य देखाईएको छ। बहुप्रतिक्षित मानिएको चलचित्र ‘रोजी’ भर्खरै कन्ट्रोभर्सिमा परेका कारण पनि यसले दर्शकहरु माझमा धेरै चर्चा बटुलिसकेको छ। त्यसमाथी सार्वजनिक भएको उक्त टीजरले थप कौतुहलता सिर्जना गरेको छ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण  गरिएको चलचित्मा  निरक पौडेलले निर्देशन गरिरहेको छन्। भने ,केदार भुसालको कथा छ।

चलचित्रमा प्रदीप र परमितामिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।‘रोजी’मा आयरा पौडेल र आरोही केसी लगानी छ ।

प्रतिक्रिया दिनुहोस्