आकाश र आँचलको प्रेम र बिछोडमा ‘ब्लाक’ – ट्रेलर हेर्नुस



रंगखबर, काठमाडौँ- चलचित्र ‘ब्लाक’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन बीच निर्माण टिमले दर्शक माझ सो प्रचार सामाग्री छोडेको हो । चलचित्रले यस अघि २ वटा गीत दर्शक सामु ल्याई सकेको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र आकाश श्रेष्ठ र आँचल शर्मा केन्द्रित छन । २ मिनेट ३९ सेकेन्ड लामो चलचित्रको ट्रेलरमा प्रेम पाउन पल र आँचलले गरेको संघर्षलाई देखाउन खोजिएको छ ।

लभ स्टोरी जनरामा बनेको चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका छन भने आष्मा पाण्डेले लगानी गरेकी छिन । मौनता श्रेष्ठको कथा, रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, चन्द्र पन्तको द्वन्द रहेको चलचित्रमा आकाश र आँचलका अलावा धिरेन शाक्य, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुनिल क्षेत्रि, प्रिया रिजाल आदि कलाकारहरुको अभिनय रहेको छ ।

यहि अघि जेठ ११ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र अब भने भदौ १ गते अल नेपाल प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्