निशा अधिकारीलाई सगमाथा पुर्याउने आई जान्ग्बू शेर्पाले सगरमाथाको चुचुरोमा पुगेर गरे रेस्टुरेन्टको प्रमोसन



रंगखबर, काठमाडौँ- १४ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका आई जान्ग्बू शेर्पालेले गत मे १६ मा १५ औँ पटक आरोहण गरेका छन। उनले गत मे १६ तारीकको ठिक ११ बजेर २८ मिनेट जाँदा आफ्नो यात्राको १५ औं पटक सगरमाथा चड्न सफल भएका हुन । यस पटक भने उनले सगरमाथाको चुचुरोमा पुगेर नेपालको झण्डा सहित एक रेस्टुरेन्टको झण्डा पनि फरफराएका छन ।

https://www.youtube.com/watch?v=jL293c3YAbs&feature=youtu.be

उनले बानेश्वर स्थित चिकेन स्टेसनको झन्डालाई ८ हजार ८ सय ४८ मिटर माथि सम्म पुर्याएर प्रमोसन गरेका थिए।

सन् २००३ देखि आरोहण सुरु गरेका शेर्पाले २०१८ सम्म आई पुग्दा जम्मा १५ चोटी सगरमाथाको शिखरलाई चुमी सकेका छन । कठिन यात्रा हुँदा हुदैँ पनि आफ्नो देशको नामलाई सधै उच्च राख्नका निम्ति यस्तो जोखिम उठाएको उनको भनाई छ। अभिनेत्री तथा निर्मात्री निशा अधिकारीलाई समेत २०१३ आरोहण गर्न मदत गरेका उनले निशाको पनि खुलेर तारिफ गरेका छन। उनि भन्छन ”निशा एक आँटीली महिला हुन र आफ्नो काम प्रति लगाव उनमा छ। त्यसैले पनि उनि आरोहण सफल भएकी हुन।” यस पछि पनि उनले पुन: सगरमाथा आरोहण गर्ने जानकारी दिएका छन ।

जान्ग्बूलाई चिकेन स्टेसनले आफ्नो झन्डा सगरमाथाको चुचुरोमा पुर्याए वापत १००० डलर पारिश्रमिक पनि दिएको खुलासा गरेका छन । रेस्टुरेन्टका संचालकले भने यस्तो कार्यले आफ्नै रेस्टुरेन्टको प्रमोसन भएको र जान्ग्बू शेर्पा प्रति ठुलो आभार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्