अनुपको ‘पुरानो बुलेट’ चल्न सुरु गर्यो



क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘पुरानो बुलेट’ मा मुख्य भूमिकामा अनुप बिक्रम शाही तथा बर्षा शिवाकोटी र माला लिम्बु  रहेका छन्। चलचित्रलाई भिषण राईले निर्देशन गरिरहेका छन्। उनले यसै चलचित्रबाट निर्देशकको रुपमा डेब्यु गरेका छन्।

फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय छ ।

चलचित्र एक करोड भन्दा बढी लागतमा निर्माण हुन लागेको हो। जसलाई  कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्