बर्षाका लागि अनुप र प्रशान्तको भिडन्त – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- प्रतिक्षित मानिएको चलचित्र ‘जय शम्भो’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक एक मिनेट लामो टिजरमा चलचित्रका मुख्य पात्रहरु अनुप बिक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्राकार केन्द्रित छन। एक्सन जनरामा बनेको उक्त चलचित्रको टिजरमा पनि भरपुर एक्सन देखाईएको छ । टिजर हेर्दा बर्षाका लागि अनुप र प्रशान्तको  भिडन्त निकै ठुलो देख्न सकिन्छ ।

रुपेस तामांगले निर्देशन गरेको चलचित्रमा राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता र अरविन्द्र शाक्य निर्माताको रुपमा देखिएका छन् । भदौ १ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा बर्षा, अनुप र प्रशान्तका अलावा रोशन महर्जन र करुणा पाण्डेको पनि मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्