समलिंगी कथामा आधारित चक्करको ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- केहि समय अघि टिजर र गीत सार्वजनिक गरेको चलचित्र ‘चक्कर’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलर गरि निर्माण टिमले सो प्रचार सामाग्री दर्शक माझ छोडेको हो । समलिंगी महिलाको कथामा आधारित चलचित्रको ट्रेलरमा मुख्य पात्रहरु ऋचा शर्मा, अर्पण थापा र सिर्जना गुरुङलाई केन्द्रित गरिएको छ।

ट्रेलर हेर्नुस :

अनुष्का रौनिहाको निर्देशनमा बनेको चलचित्रमा रबिन आचार्यको लगानी रहेको छ । कथा पटकथा र संवाद निर्देशक स्वयम् कै रहेको चलचित्रलाई छायांकन पनि निर्माता रबिन आचार्यले नै गरेका छन ।

यहि साउन ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा अर्पण, ऋचा र सिर्जनाका अलावा एभोन राज उप्रेती, भोला राज सापकोटा र स्मृति पोखरेलको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्