रंगखबर, काठमाडौँ- पछिल्लो समय खुल्लम खुला प्रेम सम्बन्धका कारण चर्चामा रहेका नेपाली चलचित्रका नायक र नायिका द्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्की अभिनीत चलचित्र ‘कथा काठमाण्डु ‘को फर्स्ट लुक सहित रिलिज डेट सार्वजनिक गरिएको छ।
उक्त चलचित्र असोज १२ गतेबाट देशभरमा प्रदर्शनमा आउने छ। चलचित्रको पोस्टरमा मुख्य भूमिकामा रहेका तीन जोडीलाई देखाइएको छ। पोस्टरमा अभिनेता कोइराला र सन्ध्या के.सी.,अभिनेत्री प्रेक्षा अधिकारीसँग आयुष्मान तथा प्रियंका र अभिनेता प्रमोद अग्रहरीलाई देखाईएको छ।
.jpg)
संगीता श्रेष्ठको निर्देशन रहेको यस चलचित्रमा रियल जोडी प्रियंका र आयुष्मान मुख्य भूमिकामा रहे पनि उनीहरु बीचको रोमान्स भने यस चलचित्रमा देख्न पाईने छैन्।
निर्माता विजय राईको निर्माण रहेको ‘कथा काठमाण्डु’ मा लुज सिंहको छायांकन र मित्र गुरुङको सम्पादन छ । साथै निर्देशक स्वयंको पटकथा रहेको छ।


