६ महिना मै खोसियो विकास बोर्ड अध्यक्ष निकिताको जागीर



रंगखबर, काठमाडौँ- चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले जागिरबाट हात धुनु परेको छ । कांग्रेस सरकारको पालामा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गर्ने निर्णयसँगै  खोसिएको हो । बुधबार बसेको मन्त्रि परिषतको बैठकले गत  भदौ १४ देखि फागुन २ सम्म देउवा सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो ।

निकितासंगै देउवा सरकारले नियुक्ति गरेका सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुलीको पनि जागिर चेट भएको हो। चलचित्र विकास बोर्डको १५ बर्षे ईतिहासमा निकिता नै पहिलो महिला अध्यक्ष थिईन। बोर्ड अध्यक्षको कार्यकाल २ भए पनि निकिताको पद नियुक्ती भएको १ बर्ष नपुगी खोसिएको हो । उनले गत मङ्सिर २५ गतेबाट पदभार सम्हालेकी थिईन।

प्रतिक्रिया दिनुहोस्