लामो समय पछि ‘अमेरिकन बाबु मेड इन नेपाल’मा देखिदै नन्दिता – ट्रेलर हेर्नुस



रंगखबर काठमाडौँ- अमेरिकाबाटै प्रदर्शनको तयारी गर्न लागेको चलचित्र ‘अमेरिकन बाबु मेड ईन नेपाल’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्र अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने बताईएको भएता पनि नेपालमा कहिले रिलिज हुने भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन्।

चलचित्रमा अमेरिकामा बस्ने नेपालीको कथा रहेको छ,साथै अमेरिका बस्ने कलाकारहरुले नै अभिनय गरेका छन्। चलचित्रको सम्पूर्ण छायांकन समेत अमेरिकामा नै गरिएको छ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. को ब्यानरमा बनेको चलचित्रलाई  ईश्वर थापाले  सम्पादन तथा निर्देशन गरेका हुन्। भने राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको लगानी  रहेको छ।

चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्