जस्टिन बीबरले गरे इन्गेजमेन्ट तर को सँग ?



रंगखबर, काठमाडौँ – विश्वभरमा लोक प्रिय पप स्टार जस्टिन बीवरले  इन्गेजमेन्ट गरेका छन्। उनले अमेरिकी मोडल सँग हाइली बोल्डविनसँग  इन्गेजमेन्ट गरेका हुन्।

२४ बर्षीय स्टार बिबरले इन्स्टाग्राममा लामो संदेश सहित दुवैको फोटो पोस्ट गर्दै आफुले इन्गेजमेन्ट गरेको खुलाशा गरेका हुन्। संचारमाध्यमका अनुसार उनले बहामासमा रहेको एक रिसोर्टमा मोडल बोल्डविनलाई विवाहका लागि प्रपोज गरेका थिए ।

बिबरका सुरक्षागार्डले बिबर बोल्डविनलाई विवाहका लागि प्रस्ताव गर्नुअघि रेस्टुरेन्टका स्टाफसँग उनीहरुका मोबाइल फोन हटाउन भनेका थिए । त्यसपछि बिबरले विवाहका लागि प्रपोज गरेको बताईएको  छ ।

बिबरले बोल्डविनलाई प्रपोज गरेको खुशीयाली बिबरका बुवाआमा अनलाईन मार्फत बाँडेका थिए ।

बिबर बोल्डविन केही समयअघि मात्रै फेरि सम्बन्धमा जोडिएका हुन् । उनीहरुले यसअघि लामो डेट गरे पनि ब्रेकअप भएको थियो ।

 ब्रेकअपपछि बिबर र गायिका सेलेना गोमेजबिच प्रेम सम्बन्ध भएको थियो । गोमेजसँगको लामो प्रेम सम्बन्ध  टुटेपछि जस्टिन र बोल्डविन फेरि नजिकिएका थिए।

बिबरका बुवा जेरिमीले इन्स्टाग्राममा छोराको तस्बिर पोस्ट गर्दै नयाँ अध्यायका लागि उत्साहित रहेको लेखेका छन् । यस्तै बिबरकी आमा पाट्टिइ मालोट्टिले ट्वीटरमा आफ्नो उत्साह जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्