‘हट आमा’को उपनाम पाउँदा लजाईन प्रियंका



रंगखबर, काठमाडौँ- वर्ष कै प्रतिक्षित मानिएको चलचित्र हो ‘नाई नभन्नु ल ५’ । मंगलबार मात्र सोहि चलचित्रका निर्माण टिमले एक कार्यक्रम बिच चलचित्रको ट्रेलर दर्शक माझ छोडेको छ। चलचित्रमा गत सिरिजका कलाकार मध्ये अभिनेत्री प्रियंका कार्की र बालकलाकार अनुभव रेग्मी मात्र दोहोरीएका छन। सोहि चलचित्रबाट एक समयकी कुशल अभिनेत्री निरुता सिंहले चलचित्र नगरीमा कमब्याक पनि गरेकी छिन ।

कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंकाले आफु चलचित्रमा दोहोरिन पाउँदा निकै खुसि लागेको र नाई नभन्नु ल टिम आफ्नो अर्को परिवार समेत भन्न भ्याईन । दोश्रो सिरिज देखि नै बाल कलाकार अनुभवकी आमाको भूमिकामा देखा पर्दै आएकी यी अभिनेत्री पाँचौ सिरिजमा आइपुग्दा पनि सोहि भूमिकामा देखा परेकी छिन । पत्रकारले सोधेको ‘ प्रियंकाजी लाई अब सधै हट आमाको रुपमा नै दर्शक देख्न पाउँछन त ? ‘ भन्ने प्रश्नमा प्रियंका लाजाउदै यो प्रश्नको जवाफ दिन नसक्ने तर आफु सो भूमिका राम्रो लागेर अभिनय गरेको बताईन।

चलचित्र यहि भदौ ८ गते बाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्