सलोन र करिष्माको ‘मेरो पहिलो प्रेम’ सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ – असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र बाबु कान्छाको रोमान्टिक भर्सन  ‘मेरो पहिलो प्रेम’ सार्वजनिक गरिएको छ सार्वजनिक गीतमा रियल जोडी सलोन र करिश्मा फिचर्ड छन । गीतमा टंक बुडाथोकीको संगीत तथा सुशील पंगेनीको शब्द छ  । कमल खत्री तथा सुधा रत्नले आवाज दिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराई सकेका छन् ।

‘बाबु कान्छा’मा सलोन र करिश्माका साथै  नीर शाह, सरोज खनाल,करिष्मा श्रेष्ठ, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यसै चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सहनिर्माताको रुपमा रहेका छन् ।

बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्