‘कहिँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- यहि साउन २५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘कहिँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४२ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड भएका छन् । पारिवारिक उतार चढावलाई समावेश गरेर बनाईएको चलचित्रलाई अभिनेत्री तथा निमात्री उमा बेबीले निर्माण गरेकी हुन् ।

ट्रेलर हेर्नुस

उमा फिल्म्स प्राईभेत लिमिटेडको बय्यानर तथा सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रको सम्पूर्ण छायांकन सिक्किम र नेपालमा गरिएको हो । चलचित्रमा सचिन सिंह, लक्की सिटौलाको संगीत, रोशन श्रेष्ठको द्वन्द, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन जीसीको सम्पादन र बाबु श्रेष्ठको छायांकन रहेको छ

यहि साउन २५ गतेबाट देशभर प्रदर्शन हुन् लागेको चलचित्रमा  उमा बेबी, दिलिप रायमाझी, केदार खतिवडाका साथै उमा बेबीकी सुपुत्री शिबानी गिरि र  सोनम बरफुङ्गपाले सोहि चलचित्रबाट डेब्यु गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्