निरुताको कमब्याक रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- बर्ष कै प्रतिक्षित मानिएको मल्टीस्टारर चलचित्र ‘नाई नभन्नु ल ५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि निर्माण टिमले सो प्रचार सामाग्री दर्शक माझ छोडेको हो । प्राय: अगाडीका सबै सिरिजहरुमा जस्तै यो सिरिजमा पनि बालापनको प्रेम कथालाई देखाउन खोजिएको छ । सार्वजनिक ट्रेलर चलचित्रका प्राय: सबै पात्रहरु फिचर्ड भएका छन । यसै चलचित्र मार्फत अभिनेत्री निरुता सिंहले सिने नगरीमा कमब्याक पनि गरेकी छिन ।

प्रोमो हेर्नुस :

 

वान टाईम सिनेमाको ब्यानर तथा विकाशराज आचार्यले प्रस्तुत गरेको चलचित्रको कथा रंग पत्रकार सामीप्य राज तिमल्सिना र विकाश राज आर्चायले लेखेका हुन् भने हरिबोल भण्डारी र गौरबराज जोशीले चलचित्रमा लगानी गरेका छन । पुरुषोत्तम प्रधानले खिचेको  चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन ।

यहि भदौ ८ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रमा प्रियंका कार्की र अनुभव रेग्मी मात्र दोहोरिएका छन भने यी दुईलाई केकी अधिकारी, स्वस्तिमा खड्का, दिलिप रायमाझी तथा नव प्रस्तुतिको रुपमा सेड्रीना शर्मा र अभिषेक नेपालले अभिनयमा साथ दिएका छन ।

ट्रेलर हेर्नुस

प्रतिक्रिया दिनुहोस्