वीराङ्गनालाई १६ बर्ष भन्दा माथिका दर्शकले मात्र हेर्न पाउँने



रंगखबर, काठमाडौँ- यहि असार २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र वीराङ्गनालाई सेन्सरले पास गरेको छ । अब भने सो चलचित्र १६ वर्षा भन्दा माथिका दर्शकहरुले मात्र हेर्न पाउँनेछन । राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्रलाई बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् । चलचित्रमा सह निर्माता भने सुमि चाम्लिङ​ राई र​हेका छ​न् । एक्शन जनराको नारी प्रदान चलचित्रमा  हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको चलचित्रमा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्