यस्तो बन्यो ‘चौका दाउ’को फस्ट लुक पोस्टर



रंगखबर, काठमाडौँ- प्रतिक्षित मानिएको चलचित्र ‘चौका दाउ’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारहरू विल्सन विक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाहलाई गाडीमा अर्धनग्न अवस्था देखाईएको छ । कमेडी जनरामा बनेको चलचित्र सुर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् भने शम्भुजित बास्कोटाको कथा र सङ्गीत रहेको छ । दिर्घ गुरुङले खिचेको चलचित्रमा मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाको लगानी रहेको छ ।

यहि मङ्सिर ७ गतेबाट प्रदर्शन हुने चलचित्रमा विल्सन विक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाहका अलावा चलचित्रमा अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्