फ्राईडे रिलिजमा चलचित्रका जम्बो टोली कुन हेर्ने ?



रंगखबर, काठमाडौँ- यो हप्ताको फ्राईड़े रिलिज अन्तर्गत एक साथ ४ वटा चलचित्रहरु एकैसाथ प्रदर्शनमा आउँदै छन । विरङ्गना, बाबु कान्छा, बोबी, यो पागल मन गरी यो हप्ता ४ वटा चलचित्र एकसाथ प्रदर्शन भएका हुन।

चलचित्र विरङ्गना एक नारीप्रधान एक्सन चलचित्र हो। चलचित्रमा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई र बाँदर (कान्छी) आदिको जोडदार अभिनय रहेको छ। सोहि चलचित्रमा अभिनेत्री शिल्पा पोखरेल पहिलो पटक ससत्र प्रहरीको भूमिकामा देखा पर्दैछिन। राज बहादुर सानेको निर्देशनमा बनेको चलचित्रलाई बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् ।

त्यस्तै प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको रियल स्टोरीमा आधारीत चलचित्र ‘बोबी’ एक रियल जोडीले आफ्नो प्रेमलाई सफल पार्न गरेको संघर्ष र सफलताको कथामा आधारीत छ । चलचित्रमा रियल जोडी उमेश थापा र कविता गुरुङको मुख्य भूमिका रहेको छ । रियल स्टोरी र रियल क्यारेक्टर भएको चलचित्रले प्रिमियरमा सबै तारिफ बटुली सकेको छ। चाम्स ईन्टरटेमेंट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा उमेश र कबिताका साथ उनीहरुका पुत्र एलिस थापा, क्याप्टेन विजय लामा, रुबी राणा, देशभक्त खनाल, सुरबीर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

त्यसै गरि युवा ढुकढुकी सलोन बस्नेतको सोलो अभिनय रहेको चलचित्र ‘बाबु कान्छा’को ट्रेलर र गीतहरु दर्शकले मन पराईसकेका छन । पहिलो पटक सोलो चलचित्रमा काम गरेका सलोनको क्रेज युवा दर्शकमा भएकाले चलचित्र चल्न सक्ने अनुमान लगाईएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको चलचित्रमा सलोनका साथै उनकै प्रेमिका करिष्मा श्रेष्ठ नीर शाह, सरोज खनाल,करिष्मा श्रेष्ठ, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।

यहि हप्ता यी ३ चलचित्रहरुका साथ यो पागल मन पनि जुध्दै छ । अब हेर्न यो बाँकी छ कि दर्शकहरुले कुन चलचित्रलाई मन पराउनेछन र कुनलाई ठाडै अश्वीकार गर्नेछन ।

 

प्रतिक्रिया दिनुहोस्