सफलता पाउँन छोरीको सहारा लिदै सैफ



एजेन्सी । बलिउडका नवाफ खान सैफ अलि खान अहिले हिटको प्रतिक्षामा छन । हाल वेब सिरिज ‘सेक्रेड गेम्स’मा रमाई रहेका उनि केहि समयको ब्रेक पछि पुन: चलचित्रमा कमब्याक गर्न लागेका हुन् । सैफ अब आफ्नै छोरी सारा अलि खानसँग चलचित्र ‘फिल्मीस्तान’मा काम गर्न लागेको खबरले अहिले बलिउड तातेको छ।

साराले यस अघि चलचित्र केदारनाथको छायांकन गरिसकेकी छिन जसमा उनि सुशान्त सिंह राजपुतको अपोजिटमा देखिनेछिन। यसका अलावा उनले ‘सिम्बा’को छायांकन पनि सकेकी छिन जसमा सारा र रणविर सिंहको जोडी दर्शकले हेर्न पाउने छन ।

दुई चलचित्रमा काम गरिसकि उनि अब आफ्ना पितासँग काम गर्न पाउँदा उत्साहित रहेको जानकारी एक अन्तर्वार्तामा दिएकी छिन । ‘फिल्मीस्तान’मा सैफ र सारा बुवा–छोरीको भूमिकामा देखिने छन् । सोसल ड्रामामा आधारित चलचित्रलाई नितिन ककडले निर्देशन गर्दै छन् । भारतीय मिडियाको अनुसार चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्