‘मालिका’को पहिलो गीतमा रेखा ‘हल्का माया’ लगाउँदै – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र मालिकाको पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनका बीचमा ‘हल्का माया’ बोलको गीत दर्शक माझ ल्याईएको हो । अन्जु पन्तको सुमधुर आवाजमा सजिएको उक्त गीतमा सुरेश अधिकारीको संगीत र नर बहादुर कार्कीको शब्द रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको उक्त गीतमा रेखाको नृत्य रहको छ ।

गीत हेर्नुस :

 

यहि कार्तिक २१ गते अर्थात् आउँदो लक्ष्मी पुजाको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । शिवम अधिकारीको कथा तथा   पटकथा रहेको रहेको चलचित्र बाल विवाहलाई मुख्य विषय बनाएर बनाईएको छ । चलचित्रमा रेखा थापा र कमला वलीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्