‘साली कस्को भेनाको’को रोमान्टिक गीतमा मरिष्का- भिडियो हेर्नुस



कमेडी जनरामा निर्माण भएको चलचित्र ‘साली कसको भेनाको’ को  गीत सार्वजनिक गरिएको छ। भद्र भुजेलले  निर्देशन गरेको यो चलचित्रको माया तिमीलाई बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा मरिष्का पोखरेल रोमान्टिक अवतारमा देखा परेकी छिन।

सुरज शाही ठकुरीको शब्द रहेको उक्त गीतमा,सुरज सिंहर आकंक्षा बस्यालको आवाज रहेको छ। साथै प्रसाद श्रेष्ठ तथा मिन घलानको संगीत रहेको छ। गीतलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन्।

पुरानो सुपरहिट चलचित्रहरु कान्छी,सन्तान तथा कर्जा जस्ता चलचित्रका निर्माता प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको  ‘साली कसको भेनाको’ लाई राम प्र.श्रेष्ठ,सुशील गोपाल,काजिमान श्रेष्ठ,कमल भट्टराई तथा मुक्ति अधिकारीले निर्माण गरेका हुन्।

मुभिङ पिक्चर्स प्रालि द्वारा निर्माण गरिएको ,भदौ २९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साली कसको भेनाको’ मा विल्सन बिक्रम राई,बुद्दि तामाङ,रजनी गुरुङ ,मरिश्का पोख्रेल,शुष्मा कार्की कविता आले रबि गिरि,प्रिया रिजाल,लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।

चलचित्र ‘साली कसको भेनाको’  गाउँ घरमा घट्न सक्ने समसामयिक घटनाहरुमा आधारित रहेको छ। साली र भेनाको जीवनका भोगाइका बिभिन्न उतार चढावहरुलाई यो चलचित्रले देखाउन खोजेको छ।

प्रतिक्रिया दिनुहोस्