गर्भवती थिईन अमिताभकि यी अभिनेत्री, यसरी भएको थियो मृत्यु



रंगखबर, काठमाडौँ- सन् १९९९ मा रिलिज भएको फिल्म सूर्यवंशम फ्लप भएको थियो तर अहिले सबैभन्दा चर्चित फिल्म मध्येको एक हो । एक फिल्मी च्यानलमा हरेक दुई तीन दिनमा यो फिल्मलाई देखाइएको हुन्छ ।

फिल्ममा अमिताभ बच्चनको अपोजिटमा साउथ इन्डियन फिल्मकी नायिका सौन्दर्या रघु देखिएकी थिइन् । फिल्म रिलिज भएको पाँच वर्षपछि सौन्दर्याको मृत्यु भयो । जब उनको मृत्यु भयो तब उनी गर्भवती थिइन् तर परिवारले उनको शव पनि पाएनन् ।

घटना सन् २००४ को अप्रिल १४ तारिखको हो । सौन्दर्या भारतीय जनता पार्टी र तेलुगु देशम पार्टीको उम्मेद्वारको चुनाव प्रचारका लागि करिमनगर जाने क्रममा थिइन् ।बिहान ११ बजेर ४ मिनेटमा चार सिट भएको नीजि विमानले बेंगलुरुको जक्कुर एयरफिल्डबाट उडान भर्यो र करिब ११ फिट माथि जाने बित्तिकै दुर्घटनाग्रस्त भयो ।

विमानमा सौन्दर्याका साथै उनका भाइ अमरनाथ, हिन्दु जागरण समितीका सेक्रेटरी रमेश कदम र पाइलट जोय फिलिप थिए । घटनामा चारैजनाको मृत्यु भयो । स्मरण रहोस्, सौन्दर्याले मृत्युको केही समय पहिले मात्र भाजपा ज्वाइन गरेकी थिइन् ।

मृत्यु हुँदा ३१ वर्षकी थिइन् सौन्दर्याः

मृत्यु हुँदा सौन्दर्याको उमेर ३१ वर्ष मात्र थियो । सौन्दर्याको वास्तविक नाम सौम्या सत्यनारायण थियो । उनको जन्म सन् १९७२ को जुलाई १८ तारिखमा कर्नाटकको कोलारमा उद्योगपती र कन्नड फिल्मका लेखक के.एस नारायणसँग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्