टिनएजले सुरु गर्यो प्रमोसन



रंगखबर, काठमाडौँ –  चलचित्र ‘टिनएज’ ले मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिएको छ । श्रावण २५ बाट प्रर्दशन हुने चलचित्र ‘टिनएज’का कलाकार तथा निर्माण यूनिटले चलचित्रको बारे तथा आ आफ्नो भुमिका बारे बोलेका थिए ।
चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक दिनेश पाख्रिनले चलचित्र ‘टिनएज’ टिनएजहरुको बास्तबिक प्रेमकथा भएको बताए । टिनएजर्सलाइ सस्कार सिकाउने चलचित्र बनेको उनको दाबि छ । कार्यक्रममा बोल्दै निर्देशक पाख्रिनले आफ्नो चलचित्रमा अधिकांश नयाँ कलाकार भएपनि सबै कलाकारले पर्फेक्ट काम गरेको बताउछन् । चलचित्र हेर्ने दर्शकलाइ चलचित्र टिनएज ले भरपुर मनोरन्जन दिने उनको दाबि छ ।
कार्यक्रममा चलचित्रका कलाकारहरु नरेश बिर सिं , प्रतिक्षा खड्का , सरोज शाह , एन्जिला खड्गी , सरिता राजोउपाध्याय , अजय खड्का , माया मगर लगायतका कलाकारको उपस्थित रहेका थिए ।साथै संगीतकार बिकाश चौधरी , बितरक सरोज शर्मा ले पनि आ आफ्नो धारणा राखेका थिए ।
चलचित्रलाइ बिरु मगर , चिनि माया वाइवा , देबिका खड्का , बुद्धिमान स्याङतान निर्मल ले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्